२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

कांग्रेसमा पृथ्वीमानको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. पृथ्वीमान गुरूङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताएका छन् ।

स्व. गुरूङको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरूङको निवासमा आइतबार आयोजना गरेको श्रद्धाञ्जली सभामा सभापति देउवाले गुरूङ निष्ठावान् नेता भएको बताए ।

गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति गुरूङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरूङले छोडेर गएका काम सबै मिलेर पूरा गर्नुपर्ने बताए । उनले भने, “उहाँ मेरो पुरानो साथी हो । उहाँले छोडेर गएका काम हामी सबै मिलेर गर्नुपर्छ ।” जिल्लामा गुरूङले पु¥याएको योगदान मह¤वपूर्ण रहेको सभापति देउवाको भनाइ थियो ।

सो अवसरमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राजनैतिक यात्रा सुरू गर्दैगर्दा विश्वेश्वरप्रसाद कोइरालाले गुरूङजस्ता युवा आफूहरुसँग भएको भन्दै तारिफ गरेको स्मरण गरे । अबको निर्वाचनमा गठबन्धन नहुने भन्दै उनले सबै क्षेत्रमा कांग्रेसले जित हासिल गरेर गुरूङप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले मृत्युपछि परिचय हुने गरेको भन्दै पृथ्वीमानको इतिहास लिपिबद्ध गराउन आग्रह गरे । कांग्रेस नेता मीन विश्वकर्माले गुरूङसँग कांग्रेसको निष्ठावान् चित्र र चरित्र रहेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक वर्ष आफूले सँगै काम गरेको स्मरण गर्दै गुरूङले आफूलाई नेता–कार्यकर्ताको शिर झुकाउन नपर्नेगरी काम गर्न सुझाव दिने गरेको बताए ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्वसभापति गुरूङको निधनपछि पार्टीले उनलाई योगदानको उच्च सम्मान व्यक्त गर्दै विभिन्न कार्यक्रम गरिरहेको बताए । गुरूङको यही साउन १० गते निधन भएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।