२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

लक्की सांस्कृतिक साँझमा लोकगायिका सरिता गुरूङ सम्मानित

भरतपुर । ‘मौलिक लोक संस्कृतिको पहिचान : स्रष्टालाई प्रोत्साहन र सम्मान’ भन्ने मूल नाराका साथ लक्की मिडिया हाउस चितवनको आयोजनामा लक्की सांस्कृतिक साँझ–२०८२ कार्यक्रम सम्पन्न भएको छ ।

लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ले ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ–२०८२’मा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सरिता गुरूङ श्रेष्ठलाई सम्मान गरिएको बताए ।

नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनीय योगदान दिएबापत चर्चित लोकदोहोरी गायिका श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपाली लोकदोहोरी क्षेत्रमा विगत लामो समयदेखि लागेकी गायिका श्रेष्ठको दर्जनौँ लोकगीतमा आवाज दिएर कुशल गायिकाको रूपमा चिनिएकी छन् । गायिका श्रेष्ठले यसअघि पनि धेरै नै तीजका गीतमा मीठो आवाज दिएर आफ्ना कोसेलीहरू दर्शक, स्रोतामाझ पस्किसकेकी छन् । गायिका श्रेष्ठ खासगरी मेला महोत्सवबाट दोहोरी गायिकाको रूपमा स्थापित बनेकी हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रकी वरिष्ठ लोकदोहोरी गायिका सुमन थापामगर, गायिका सरिता गुरूङ श्रेष्ठ, गायिका सम्झना श्रेष्ठ, राधिका रिमाल ढकाल, आकृति घिमिरे पौडेललगायतले गीत गाएका थिए । ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ–२०८२’ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा भरतपुर वडा नं–७ का वाद्यवादन समूह र सङ्गीतको पुरानो बाजा मुरलीको धुन बजाएर कृष्णप्रसाद पंगेनीले ‘लक्की सांस्कृतिक साँझ–२०८२’ कार्यक्रममा आएका अतिथिहरुलाई स्वागत गरेका थिए ।

लक्की मिडिया हाउस चितवनका निर्देशक इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथिमा भरतपुर महानगरपालिका वडा न–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, विशिष्टअतिथिमा रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजक रेडक्रस अभियन्ता कृष्णप्रसाद ढकाल, पिस जोन इङ्ग्लिस स्कुलका प्राचार्य मुक्तिनाथ अधिकारी, साप्ताहिक सञ्जाल नेपाल चितवनका अध्यक्ष सूर्य बराल र लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक हरि कार्की ’लक्की’ रहेका थिए ।

लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक कार्कीले, ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ– २०८२’ सफल पार्न साथ सहयोग गर्ने चर्चित गायिकाहरु, दर्शक, विज्ञापनदाता, पत्रकारलगायत सम्पूर्ण शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गरेका थिए । सांस्कृतिक साँझ कार्यक्रममा लोकदोहोरी तथा तीजका गीतहरु गाएर गायिकाहरुले प्रस्तुति दिएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।