२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

राजु आचार्यले पाए द्वारिका नेपाल स्मृति गजल पुरस्कार

भरतपुर । मोती जयन्तीको अवसरमा शनिबार भरतपुरमा आयोजित कार्यक्रममा गजल मञ्च चितवनले ‘द्वारिका नेपाल स्मृति गजल पुरस्कार–२०८२’ गजलकार राजु आचार्य ‘दीप’लाई प्रदान गरेको छ । वरिष्ठ साहित्यकार केशवराज आमोदीमार्फत आचार्यलाई २५ हजार राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा पुरस्कृत स्रष्टाको विषयमा गजल मञ्च चितवनका सदस्य प्रवीण सन्नाटाले चर्चा गरेका थिए । विसं २०४० साल मङ्सिर २६ गते चितवनको इच्छाकामना गाउँपालिका वडा नं–१, हात्तीवाङमा जन्मिएका राजु २०५७ सालदेखि शिक्षण पेसामा संलग्न छन् । त्यसबाहेक साहित्यको गजल विधामा पनि उनले सशक्त ढङ्गले कलम चलाउँदै आएका छन् ।

सन्नाटाका अनुसार हाल माडीस्थित जनकल्याण माध्यमिक विद्यालयमा ज्ञानको ज्योति बाँडिरहेका आचार्यले विद्यार्थी जीवनबाटै साहित्यमा रूचि जगाउँदै आए पनि पहिलोपटक २०६० सालमा गजलकृति प्रकाशित गरेर नेपाली गजल लेखनको यात्रामा औपचारिकरुपमा पाइला चालेका थिए । त्यसयता निरन्तररुपमा गजलसँगै कविता, मुक्तक तथा गीत लेखनमा कलम चलाइरहेका छन् ।

स्रष्टामाथिको चर्चापछि साहित्यकार केशवराज आमोदीले आदि गजलकार मोतीराम भट्टबारे चर्चा गरेका थिए । नेपाली साहित्यको गजल विधालाई डो¥याउँदै आजसम्म गजल साहित्यलाई जीवन्त तुल्याउनमा मोतीराम भट्टकै योगदान अतुलनीय रहेको उनले बताए ।

चितवनको गजल लेखनमा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारले प्रोत्साहन प्रदान गर्दै आएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले बताए । गजल मञ्च चितवनले २०७९ सालमा स्थापना गरेको पुरस्कारबाट यसअघि विनोद अनुज, कमल अर्याल धादिङ्गे र मुक्त उदासलाई पुरस्कृत गरिसकेको छ । उक्त पुरस्कार भने डिला खरेलले स्थापना गरिदिएका हुन् ।

स्वर्गीय नेपालको गजल मञ्च चितवनको अध्यक्ष रहेकै समयमा अकल्पनीय निधन भएको थियो । लामो समयदेखि शिक्षण पेसालाई मूल पेसाको रुपमा अपनाउँदै आएका स्वर्गीय नेपाल करिब दुई दशकदेखि पत्रकारितामा पनि सक्रिय थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।