२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

बखानकै उद्गमस्थलमा ‘बखान’ उपन्यासको गृह विमोचन

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को आइतबार एक समारोहबीच गृह विमोचन गरिएको छ ।

बखान सहकारी संस्था लिमिटेडको आयोजना गरेको कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, बखानसिंहका नाति चन्द्रध्वज गुरूङलगायतले संयुक्तरूपमा सो कृतिको विमोचन गरिएको हो ।

बखान सहकारी उपन्यासका मुख्य पात्र बखानसिंह गुरूङले स्थापना गरेको नेपालकै पहिलो सहकारी संस्था हो । बखान बहुउद्देश्यीय सहकारी संस्था चितवन स्थापना गराउँदा स्थानीयलाई अन्न तथा औजारहरु खरिदमा सहयोग गरेको संस्था पनि हो ।

राजनैतिक र सामाजिक व्यक्तित्व बखानसिंह गुरूङलाई मुख्य पात्र बनाइएको यो उपन्यासले चितवनको बस्ती विकासको चरण, चितवनका धर्म–सस्कृति तथा स्थानहरुको विवरण उपन्यासमा बखान गरिएको छ । सो अवसरमा बोल्दै मन्त्री रायमाझी पौडेलले उपन्यासले सहकारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चिनाउन सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पराजुलीद्वारा लिखित उपन्यासले बखानसिंह गुरूङको उच्च योगदानको मूल्याङ्कन गरेको बताए । ‘बखानसिंहको इतिहासलाई उपन्यासमा सजीव तरिकाले चित्रण गरिएको छ’, उनले थपे, ‘ओझेलमा परेका एक मह¤वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ ।’

विसं २०३९ सालमा कानुन तथा न्याय र भूमिसुधार मन्त्री बनेका गुरूङका दुई छोरा शहीद हुन् । सो अवसरमा गुरूङका नाति चन्द्रध्वज गुरूङले बाजे बखानसिंह गुरूङको राजनैतिक यात्रा र सँगै परिवारले भोगेका पीडाका बारेमा बोलेका थिए ।

संस्थाका अध्यक्ष देवी थापामगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार एवम् नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरूङ, बखान सहकारीद्वारा सञ्चालित सङ्ग्रहालयका संयोजक सोम भण्डारी, सहकारीका सञ्चालक रामशरण गैरेलगायतले सहकारीले गर्नुपर्ने काम पराजुलीले गरेको भन्दै आभार प्रकट गरे ।

पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा टेकेर र काल्पनिक जलप लगाइएको कृति भएको बताए । उनका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्तरूपमा प्रस्तुत गरेको छ । यसले विसं २००७ देखि २०४० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताए ।

बखान पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरूङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धा हुन् । बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई जना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ ।

यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा मह¤वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको पराजुलीले बताए । पराजुलीका यसअघि कुमाता, मोम्चो र ड्रिमी आइज प्रकाशित भइसकेका छन् । पराजुली नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्षसमेत रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।