चितवन । मोडल रिहान शंकरले ‘जानी बेलैमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन् ।
गीतका शब्दहरुले नेपाली युवायुवतीको वास्तविकता बोल्छन् भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ । भिडियोको निर्देशन चर्चित निर्देशक निसान बानियाँले गरेका छन् । भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन् । दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ ।
भिडियो छायाङ्कन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दीपक विष्टले गरेका छन् । दृश्य, कथा र भावनात्मक प्रस्तुतिका कारण भिडियो निकै आकर्षक बनेको छ । गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।








