कालिका । कालिका नगरपालिका वडा नं–५, वडा कार्यालय चोकमा स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवै चालक घाइते भएका छन् ।
खानेपानी चोकबाट विराट चोकतर्फ जाँदै गरेको ना ३५ प ३०४० नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००२ प २५६३ नम्बरको मोटरसाइकल दुर्घटनामा स्कुटर चालक कालिका–५ बस्ने ३१ वर्षीय कृष्ण तामाङ र मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय सुरज रेग्मी घाइते भएका हुन् ।
दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






