२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

जेनजी प्रदर्शनका क्रममा घाइते भएकालाई भैपरी खर्च

चितवन । जेनजी प्रदर्शनका क्रममा घाइते भएका बिरामीलाई लक्षित गर्दै राज्यले भैपरी खर्च उपलब्ध गराउन लागेको छ । सोहीअनुसार प्रदर्शनका क्रममा जिल्ला र जिल्ला बाहिर भएका झडपमा परेका जिल्लावासीलाई भैपरी खर्च उपलब्ध गराउन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा भैपरी खर्च र परिचयपत्र वितरणको काम थालिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएका बिरामीले टिकट÷पुर्जी ÷डिस्चार्ज कागजात÷उपचार खर्चको बिल भर्पाइ, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), फोटो दुई थान र घाइतेको नाममा रहेको बैंक खाता खुल्ने चेकको प्रतिलिपि लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

परिचयपत्रको अभिलेखमा हस्ताक्षर र औँठाछाप गर्नुपर्ने भएकाले घाइते स्वयम् उपस्थित हुन उहाँले आग्रह गर्नुभयो । यो परिचयपत्र प्राप्त गरेका व्यक्तिले राज्यबाट विभिन्न किसिमका सुविधा प्राप्त गर्नसक्ने छन् ।

चितवन जिल्ला स्थायी ठेगाना भएर अन्य जिल्लामा घाइते भएकालाई समेत यस कार्यालयबाट भैपरी खर्च र परिचयपत्र वितरण गरिने उनले जानकारी दिए ।

उनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा चितवनमा १२३ जना घाइते भएको विवरण कार्यालयसँग छ । गृह मन्त्रालयले चितवनसहित अन्य जिल्लामा भएका घाइतेहरु १४२ जनामा नामावलीसहित भैपरी खर्चबापत रु २० हजारका दरले खर्च पठाएको उनले बताए ।

प्रदर्शनका घाइतेहरूको नामावली छुटेको अवस्था रहेको भए पुनः गृह मन्त्रालयमा पठाउने गरी काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए । अहिले राज्यले प्रारम्भिक चरणमा भैपरी खर्च र परिचयपत्रको व्यवस्था गरेको जनाउँदै उनले जेनजी प्रतिनिधिहरूको उपस्थितिमा दुवै काम गरिने उल्लेख गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।