२०८३ बैशाख २३ बुधबार
२०८३ बैशाख २३ बुधबार

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।

आयोगमा हालै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लगायत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यतालिकाअनुसार आजदेखि यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताए ।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो जमघटले सबै राजनीतिक दल निर्वाचनमा भाग लिन आतुर रहेको देखिएको छ ।

आयोगका अनुसार आगामी निर्वाचनमा भाग लिन देश विकासका सन्ध्या खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंहले आज दल दर्ताका लागि निवेदन दिएका छन् ।

यस्तै, मङ्गोल नेसनल अर्गनाइजेसनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीका सरस्वतीकुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् ।

स्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन पेस गरेको आयोगले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।