२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कालिकामा विद्यालय, विद्यार्थी र खेलाडीहरु सम्मानित

कालिका । कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरेको छ ।

शिक्षाबाट नै समृद्ध कालिका बनाउने लक्ष्य पूरा गर्न सकिने बताउँदै नगरप्रमुख विनोद रेग्मीले नगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । उनले उत्कृष्ट हासिल गर्ने विद्यार्थी र राम्रो नतिजा दिन सफल विद्यालयलाई सम्मान गरिँदा शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कालिका नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक विद्यालयतर्फ ९ जना र संस्थागत विद्यालयतर्फ ६ जना गरी १५ जना विद्यार्थी, पाँचवटा विद्यालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल नगरभित्रका ३१ जना खेलाडीलाई प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, नगरप्रमुख रेग्मी र उपप्रमुख विमला तामाङले जनही पाँच हजार रूपैयाँसहित सम्मान गरेका हुन् ।

कक्षा ८, १० र १२ को परीक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण दरका आधारमा भिमोदय नमुना मावि, सिराई सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल, राष्ट्रिय मावि समिपुर, सिद्धिविनायक मावि र पृथ्वी माविलाई सम्मान गरिएको नगर शिक्षा अधिकारी चन्द्रा शर्माले जानकारी दिइन् । यस्तै, कालिका नगरपालिकामा समावेशी शिक्षा सञ्चालनका लागि सहकार्य गरेका ह्याण्डीक्याप इन्टरनेसनल, अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा महासंघ र सेन्स इन्टरनेसनलाई समेत संस्थागतरुपमा सम्मान गरिएको उनको भनाइ छ ।

कार्यक्रममा संस्थापक मेयर खुमनारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, नगर प्रवक्ता लक्ष्मण पौडेल, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, निवर्तमान वडाध्यक्ष कृष्णकुमार श्रेष्ठ, न्यू सगरमाथा बोर्डिङका प्राचार्य ईश्वर तिवारी, भीमोदय माविका प्राचार्य इन्द्रनाथ पौडेललगायतले मन्तव्य राखेका थिए ।

कालिकामा ३३ वटा समुदायिक र ११ वटा संस्थागत विद्यालयका १२ हजार ८०० विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।