२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

रेडक्रस चितवनका मन्त्री खनालको स्मृतिमा बृहत् रक्तदान तथा दीप प्रज्वलन

चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला कार्यसमितिका मन्त्री स्व. राममणि खनालको १३औँ पुण्यतिथिको अवसरमा बृहत् रक्तदान तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाका सभापति कृपाकुमारी राजभण्डारीको सभापतित्वमा र भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सभापति, प्रमुखअतिथि, नेपाल रेडक्रस चितवन जिल्ला कार्यसमितिका उपसभापति रत्नप्रसाद सापकोटा, सभापति हरिप्रसाद पौडेल, भरतपुर महानगरपालिका उपप्रमुख एवं प्रमुखअतिथि चित्रसेन अधिकारी, सभापति कृपाकुमारी राजभण्डारीले शोक मन्तव्य राख्दै मौनधारण र पुष्प गुच्छा अर्पण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए। यस्तै, आइतबार साँझ दीप प्रज्ज्वलन गरिएको थियो ।

कार्यक्रममा नेरेसो चितवन जिल्ला कार्यसमिति, मातहतका ४१ वटा उपशाखा र विद्यालयस्तरका सर्कलहरुको समेत उपस्थिति रहेको थियो।

वक्ताहरूले स्व. राममणि खनाललाई सामाजिक क्षेत्रमा होनाहार व्यक्ति र रेडक्रसमार्फत सेवा पुर्‍याउने तथा शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्व भएको भन्दै सम्झना गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।