भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२५, छहारी चोकमा बोलेरोको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।
अमृत चोकबाट चनौलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १०७७ नम्बरको बोलेरोको ठक्करबाट साइकलयात्री भरतपुर–२० बस्ने ६५ वर्षीय रामकुमार श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
टाउकोमा चोट लागेका घाइते श्रेष्ठको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र बोलेरो तथा चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।






