२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

बाढीप्रभावितलाई ग्लो साइन एकाडेमीका विद्यार्थीको ७४ हजार ८८० सहयोग

खैरहनी । खैरहनीमा रहेको ग्लो साइन एकाडेमीले भोटेकोशी बाढीप्रभावितको सहयोगार्थ राहत सङ्कलन गरेको छ । बाढीपहिरोका कारण प्रभावित भएका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विद्यार्थीहरू स्वयम् अग्रसर भई ७४ हजार ८८० रुपैयाँ सङ्कलन गरेका थिए । सो रकम बिहीबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका जम्मा गरिएको छ ।

यसैगरी, ग्लो साइनका विद्यालय प्रशासन र शिक्षकहरुबाट एक लाख ८ हजार ६२५ रुपैयाँ सङ्कलन भएको छ । विद्यार्थीहरुबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको र शिक्षक तथा विद्यालय प्रशासनबाट सङ्कलित रकम प्याब्सन चितवनमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले जानकारी दिए ।

विपद्को बेला विद्यार्थीहरू स्वयम् सक्रिय हुँदै आफनो खाजा खर्च र आफ्नो बचतबाट मानवीय संवेदनाअनुसार सहयोग गर्ने कार्य उदाहरणीय भएको प्रधानाध्यापक अधिकारीले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।