२०८३ आश्विन ९ शुक्रबार
२०८३ आश्विन ९ शुक्रबार

सिद्धि विनायक साकोसको १९औँ वार्षिक साधारण सभा

चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा बुधबार भरतपुरस्थित चित्रावती लिजर सेन्टरमा सम्पन्न भएको छ ।

साधारण सभाले संस्थाको आगामी कार्यदिशा, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेमा जोड दिएको छ ।

संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्व एवम् जिल्ला सहकारी संघ लिमिटेड, चितवनका अध्यक्ष शरदकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि बर्तौलाले सहकारी संस्थाहरूले पारदर्शीरूपमा सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले सिद्धि विनायक सहकारीले स्थानीयस्तरमा पुर्‍याएको आर्थिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सुरक्षित र व्यवस्थितरूपमा बचत तथा ऋण परिचालनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष धितालले सदस्यहरूको विश्वास, सहभागिता र सहकार्यका आधारमा सिद्धि विनायक सहकारीलाई थप सुदृढ बनाउँदै लैजाने बताए ।

सहकारीको दिगो विकासका लागि सदस्यको आर्थिक हितसँगै संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । उनले सदस्यहरूको आवश्यकता र अपेक्षाअनुसार सेवा विस्तार गर्दै सहकारीलाई थप व्यवस्थित, सुरक्षित र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

साधारण सभामा संस्थाका सचिव जयराम पाण्डेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल ऋणी, महिला बचतकर्ता, असल बाल बचत तथा उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार शालिकराम घिमिरे, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी तथा सल्लाहकार भगवती पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो ।

यस्तै, साधारण सभामा लेखा तथा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम तथा सञ्चालक समिति सदस्यहरू इन्दिरा पन्त लामिछाने, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल, सीता सापकोटा, नवराज अर्याल, हरिप्रसाद रिमाल, व्यवस्थापक विकास पौडेल तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

विसं २०६५ सालमा स्थापित सो संस्थामा हाल २ हजार १२१ सदस्य रहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।