राप्ती । राप्ती नगरपालिका वडा नं–५, चौकीडाँडास्थित भित्री सडकखण्डमा तरकारी बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
राप्तीको १३ नं वडाबाट भण्डारातर्फ आउँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो गाडी अचानक अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय, भण्डाराका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार बोलेरोमा सवार घाइतेहरुलाई उद्धार गरी उपचारको लागि अस्पताल पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा पठाइएको र बलेरो चालक राप्ती–१३ बस्ने २६ वर्षीय रोशन प्रजा र बोलेरो गाडी इप्रका भण्डाराले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा राप्ती–१३ बस्ने १० वर्षीया आशिका प्रजा, १२ वर्षीय भीषण प्रजा, १३ वर्षीया झरना प्रजा, ३५ वर्षीय सन्तोष प्रजा, ६ वर्षीया निरुता प्रजा, २९ वर्षीया माया प्रजा, उनकी ११ महिनाकी छोरी इशा प्रजा, १५ वर्षीया ममता प्रजा, १० वर्षीया प्राप्ति प्रजा, ३० वर्षीया सनिता प्रजा रहेका छन् ।
यस्तै, राप्ती–१३ बस्ने २५ वर्षीया यानीमाया प्रजा, १९ वर्षीया अस्मिता प्रजा, २ वर्षीय रियन प्रजा, ८ वर्षीय समीर प्रजा, ७ वर्षीय अविरल प्रजा, ९ वर्षीय सुशान्त प्रजा, ६ वर्षीय जेम्स प्रजा, २५ वर्षीया कमला प्रजा, ११ वर्षीय सञ्जय प्रजा, १६ वर्षीय सुमन प्रजा, १८ वर्षीय अन्जन प्रजा र कालिका नगरपालिका वडा नं–१२ बस्ने २४ वर्षीय विशाल मगर घाइते भएका छन् ।
प्रहरीका अनुसार पुरानो मेडिकल कलेजमा उपचाररत घाइतेमध्ये ८ जना डिस्चार्ज भएका छन् ।








