२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

जिएसटी कलेजमा नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू

रत्ननगर । रत्ननगर–१, निपनीमा रहेको ज्ञानसुधा टेक्निकल कलेज (जिएसटी) कलेजले नयाँ शैक्षिक सत्रका लागि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

क्याम्पस प्रमुख राजकुमार दाहालले यो कलेज पूर्वी चितवनमा बिबिए कार्यक्रम सञ्चालन गर्ने पहिलो शैक्षिक संस्था रहेको र यसमा २०५३ सालदेखि विभिन्न कलेजमा प्राध्यापनरत अनुभवी प्राध्यापकहरु रहेको बताए ।

आफ्नै भवनमा वातानुकुलित वातावरणमा पढाइ हुने यस कलेजले पूर्वी चितवनका चार पालिकालाई लक्षित गरी यातायातको सुविधासहित सबै वर्गका विद्यार्थीलाई पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ ।

कलेजले रोजगारी सुनिश्चितताका लागि बैंक, व्यावसायिक संस्था, सूचना प्रविधि, बहुर्राष्ट्रिय कम्पनी, प्रशासनलगायतका संस्थाहरुसँग समझदारी गरेको छ । चार वर्षीय बिबिए कार्यक्रम अध्ययनका लागि प्याकेजमा ६ लाख ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जसमध्ये पहिलो २० जना जेहेनदार, द्वन्द्वपीडित, विपन्न वर्गका विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने क्याम्पस प्रमुख दाहालले जानकारी दिए । उनका अनुसार कलेजले मेधावी विद्यार्थीहरुलाई प्रोत्साहनका लागि एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ ।

शिक्षामा उत्कृष्टता, व्यावसायिक दक्षता र रोजगारीको अवसरलाई जोड दिँदै जिएसटीले विद्यार्थीहरूलाई विश्वस्तरीय व्यवस्थापन शिक्षाको अवसर प्रदान गर्ने लक्ष्य लिएको क्याम्पस प्रमुख दाहालले बताए । उनले विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक शिक्षाको संयोजनमार्फत बजारको मागअनुरूप प्रतिस्पर्धी र सक्षम बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए ।

यस्तै, कलेजका प्रबन्ध निर्देशक ई. दिवस मैनालीले देशमा बसेर केही हुँदैन भन्ने भाष्यलाई गलत साबित गर्दै देशमा नै केही छ र गर्न सकिन्छ भन्ने उदाहरण जिएसटी कलेजले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।

कलेजका अध्यक्ष हरिशरण पाठकले विद्यार्थीहरुलाई प्राविधिक ज्ञानसहित ‘डिग्री विथ स्किल’को विकास गर्ने गरी कलेज स्थापना गरिएको बताए । कलेजले यही साउन २९ गते कलेज परिसरमा लन्चप्याड सेलिब्रेटिङ सक्सेस, चार्टिङ फ्युचर नामक कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा कक्षा १२ को परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मानका साथ भविष्य निर्माण गर्ने अवसरबारे जानकारी दिने कार्यक्रम रहेको बिबिए कार्यक्रम विभागका प्रमुख सौगात गुरूङले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।