२०८२ चैत्र २१ शनिबार
२०८२ चैत्र २१ शनिबार

रत्ननगरमा ३९० बालबालिकालाई स्वर्णविन्दु प्राशन

रत्ननगर । रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु खुवाएको छ । चिकित्सालयले बिहीबार ३९० जना बालबालिकालाई स्वर्णविन्दु प्राशन गराएको हो । जसमा २१४ जना बालक र १७६ जना बालिका रहेका छन् ।

यो कार्यक्रम २१ महिनाअघिदेखि रत्ननगरमा सञ्चालनमा छ । चिकित्सालयकी प्रमुख डा. कोपिला अधिकारीले यो कार्यक्रमले बिहीबार राष्ट्रिय मान्यता प्राप्त गरेको बताउँदै खुसी व्यक्त गरिन् । उनले स्वर्णविन्दु प्राशनले बालबालिकाको रोग प्रतिरोधक क्षमता वृद्धि, बुद्धि र स्मरणशक्तिको विकास, पाचन प्रणालीमा सुधार, शारीरिक शक्ति र आयु वृद्धि गर्नुका साथै समग्र शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

स्वर्णविन्दु जडीबुटी, घिउ र थोरै मात्रामा सुनको भस्म मिसाएर बनाइने आयुर्वेदिक औषधि हो । यो औषधि प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन बालबालिकालाई खुवाउने प्रक्रियालाई स्वर्ण प्राशन विधि भनिन्छ ।

डा. अधिकारीका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई महिनामा एकपटक यो औषधि खुवाइन्छ, जसले उनीहरूको स्वास्थ्य र बौद्धिक क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउँछ ।

रत्ननगर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले यो कार्यक्रमलाई निरन्तरता दिँदै थप बालबालिकालाई समेट्ने योजना बनाएको छ । स्थानीय अभिभावकहरूले पनि यो कार्यक्रमले आफ्ना बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।