२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

सानेपामा वसन्त पराजुलीको उपन्यास ‘बखान’माथि परिचर्चा

ललितपुर । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले लेखक वसन्त पराजुलीको उपन्यास बखानमाथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिबार आयोजित परिचर्चा कार्यक्रममा सहभागी कांग्रेस नेता एव लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरूङले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्‍याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद् एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले आफूले उपन्यास पढ्न नभ्याए पनि बखानसिंह गुरूङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक विषयलाई उपन्यासमार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक विषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको माध्यमबाट समाजलाई योगदान दिनुपर्नेमा जोड दिए ।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवम् पुस्तकालय तथा अध्ययन स्रोत केन्द्रका प्रमुख अजयबाबु शिवाकोटीले ऐतिहासिक पात्र बखानसिंह गुरूङको संघर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको भन्दै आफू नेतृत्वको विभागले यस्तै इतिहास बोकेका विषयबस्तु्हरुको अध्ययन, अनुसन्धानमा धेरै काम गरिरहेको जानकारी दिए ।

कांग्रेस नेता एवम् विश्लेषक शंकर तिवारीले बखानसिंह गुरूङको जीवनीमा आधारित उपन्यासबाट कांग्रेसको नेतृत्वमा पटक पटक भएको संघर्ष, २०३८ सालमा गुरूङ मन्त्री बन्दा कानुन, न्याय तथा भूमिसुधार मन्त्री नै रोज्नुको कारणजस्ता विषय खोजीको अर्को पाटो भएको उल्लेख गरेका थिए ।

लेखक, साहित्यकार ठाकुर बेल्वासेले उपन्यास पाउनेबित्तिकै कस्तो होला के होला भन्दै पाटा पल्टाउँदा आफ्नो ध्यान एकाकार भएको भन्दै पराजुलीले नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास दिएको बताए । उनले यस्लाई इतिहासको दस्तावेजभन्दा पनि उपन्यासकै रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

साहित्यकार एवम् प्राध्यापक एलबी क्षेत्रीले २०१८ सालमा चितवनमा पञ्चायतविरुद्ध भएको संघर्षको विषय उपन्यासमा समेटिएको भन्दै त्यसबारे कांग्रेसले अझै खोजबिन गर्नुपर्ने सुझाव दिए ।

बखानसिंह गुरूङकी पनातिनी जानुका गुरूङले कतिपय प्रसङ्ग उपन्यासमा समेटिन बाँकी रहेको भन्दै कांग्रेसले आफ्ना बाजेको उचित मूल्याङ्कन गर्न नसकेको गुनासो गरिन् । उपन्यासकार पराजुलीले आफूले बखानसिंह गुरूङको ऐतिहासिक तथ्यमा केन्द्रित भई उपन्यास तयार पारेको जानकारी दिँदै पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गर्न सफल भएकोमा सबैप्रति आभार व्यक्त गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।