२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

बन्जारा बन्जाडे समाजको सातौँ वार्षिक साधारण सभा

कालिका । बन्जारा बन्जाडे समाज नेपाल जिल्ला कार्यसमिति चितवनको सातौँ वार्षिक साधारण सभा शनिबार गरिएको छ ।

कालिका नगरपालिका वडा नं–६, खोलेसिमलमा आयोजित उक्त साधारण सभाको वडाध्यक्ष टीकाराम रेग्मीले उद्घाटन गरेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष रमेश बन्जाराले भावी कार्ययोजना तथा कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुशीला बन्जाराले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बन्जाराले समाजले जिल्लाभित्र रहेका बन्जारा परिवारलाई आइपर्ने समस्या समाधान, बचत सङ्कलन र ऋण लगानी, प्रोत्साहन र सम्मानलगायतका काम गर्दै आएको बताए ।

संस्थाले अहिलेसम्म १० लाख ३४ हजार १६० रूपैयाँ आम्दानी गरेकोमा ९ लाख ४९ हजार ऋण लगानी गरेको र बाँकी रकम बन्जारा परिवारका सदस्यहरु बिरामी हुँदा उपचार खर्चस्वरुप सहयोग गरिएको अध्यक्ष बन्जाराले जानकारी दिए ।

यसैबीच, साधारण सभाको अवसरमा समाजले भरतपुर सामुदायिक हस्पिटलसँग उपचारमा छूटसम्बन्धी सम्झौता गरेको छ । औषधिसहित उपचारमा १५ प्रतिशत छूट दिने गरी अस्पतालसँग सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा अस्पतालका प्रबन्ध निर्देशक दीपेन्द्र बास्तोला र समाजको तर्फबाट अध्यक्ष रमेश बन्जाराले हस्ताक्षर गरेका छन् । अस्पतालले उपलब्ध गराएको कार्ड लिएर अस्पताल जाने बिरामीले छूट पाउने व्यवस्था गरिएको छ ।

समाजका लेखा संयोजक देवीप्रसाद बन्जाराले सञ्चालन गरेको उक्त कार्यक्रममा बरिष्ठ डाक्टर सुनिलमणि पोखरेल, भरतपुर सामुदायिक हस्पिटलका कार्यकारी निर्देशक रघुनाथ सापकोटालगायतले मन्तव्य राखेका थिए । समाजका अध्यक्ष बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेजप्रसाद बन्जाराले स्वागत मन्तव्य राखेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।