२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

वडा सदस्य विडारीले दिए कार्यालयलाई उपकरण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–६ का वडा सदस्य गोपीकृष्ण विडारीले वडा कार्यालयलाई कार्यालय सञ्चालनका लागि उपकरण सहयोग गरेका छन् । वडा सदस्यको हैसियतमा आफूले पाएको सेवासुविधाबापतको रकमबाट विडारीले ल्यापटप एक थान, स्क्यानर एक थान र एउटा प्रिन्टर सहयोग गरेका हुन् ।

वडाध्यक्ष किरण चौधरी, कार्यपालिका सदस्य बबिता चौधरीको रोहवरमा वडा सदस्य विडारीले वडा सचिव पद्मराज सापकोटालाई उपकरण हस्तान्तरण गरेका हुन् ।

‘आगलागीबाट कार्यालयमा भएका सम्पूर्ण सामान खरानी भए’, विडारीले भने, ‘उपकरणको अभावले कार्यालय सञ्चालनमा समस्या परेपछि सहयोग गरेको हुँ ।’ वडावासीलाई सेवा प्रदान गर्नु स्थानीय सरकारको दायित्व रहेको भन्दै उनले उपकरणको अभावमा सेवा प्रभावित हुन नहुने तर्क गरे ।

सोही अवसरमा वडाध्यक्ष चौधरीले मासिक सेवासुविधाबापतको रकमबाट कार्यालयका लागि वडा सदस्यले गरेको सहयोग उदाहरणीय रहेको बताए ।

जेनजी प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडका कारण कार्यालयमा भएका सबै उपकरण जलेर नष्ट भएका छन् । आगलागी भएको भवन सरसफाइ गरी कार्यालय सञ्चालन गरिएको छ । आर्थिक अभावका कारण कार्यालय भवन पुनर्निर्माणको काम सुरू हुन सकेको छैन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।