२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

मुटुरोगी ढोकर महतोको उपचारका लागि आर्थिक सहयोगको अपिल

रत्ननगर । रत्ननगर–३, शान्तिचोकमा डेरा गरी बस्ने ढोकर महतोको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । श्रीमती भारती चौधरीले श्रीमान्को उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोग गरिदिन आग्रह गरेकी हुन् । चौधरीले घरेलु कामदारका रुपमा आर्जन गरेको पैसाले परिवार पाल्दै आएकी छन् ।

श्रीमान् महतोको मुटुको शल्यक्रिया गरी भल्ब फेर्नुपर्ने डाक्टरहरुले बताएका छन् । छोराछोरीसमेत बौद्धिक अपाङ्गता रहेकाले परिवारको अन्य आम्दानीको स्रोत छैन । कमाएर परिवार पाल्ने श्रीमान्लाई रोग लागेपछि भारती बाध्य भएर घरेलु कामदारको रुपमा काम गरिरहेकी छन् ।

‘मैले गरेको कामबाट प्राप्त पैसा बिहान–बेलुका छाक टार्न ठिक्क हुन्छ’, उनले भनिन्, ‘श्रीमान्को उपचार गर्ने पैसा भएन, श्रीमान्को जीवनरक्षाका लागि तपाईं सम्पूर्णसँग सहयोगको आग्रह गर्दछु ।’ ६४ वर्षीय महतोले ज्यालादारी गरेर परिवार पाल्दै आएका थिए ।

ढोकरको मुटुको शल्यक्रिया गर्न ६ लाख रूपैयाँ लाग्ने र दुई लाख बिमाबाट तथा बाँकी रहेको चार लाख रूपैयाँ अभाव भएको उनकी श्रीमती चौधरीले बताइन् ।

शान्तिज्योति युवा समाजका अध्यक्ष अशोक भूषालले ढोकरको उपचारका लागि संस्थागतरुपमा सहयोग अभियान सुरू गरेको भन्दै उनको जीवनरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । दाताहरुबाट अहिलेसम्म ३० हजार रूपैयाँ सहयोग प्राप्त भएको भन्दै उनले थप सहयोग गरिदिन आग्रह गरे ।

ढोकरलाई सहयोग गर्न चाहने महानुभावले ग्लोबल आइएमई बैंक टाँडी शाखामा ढोकर महतोको नाममा रहेको खाता नं ०४२०७०१०००६७६० मा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।