२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

अङ्कुरम् एकेडेमीमा तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरू

चितवन । शिक्षकलाई आधुनिक उपकरण र प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउने उद्देश्यले अङ्कुरम् एकेडेमीमा तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरू भएको छ ।

कक्षाकोठाको सिकाइ प्रक्रियालाई डिजिटल प्रविधिबाट थप प्रभावकारी, सहभागितामूलक र सहज बनाउन विद्यार्थीकेन्द्रित शिक्षणविधि अपनाइ आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता सीपहरूको विकास गर्न सहयोग पुर्‍याउन भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र काठमाडौँ युनिभर्सिटीको संयुक्त आयोजनामा सो तालिम सुरू भएको हो ।

तालिमले प्रशिक्षार्थीहरूलाई डिजिटल शिक्षण पद्दतिमा सुधार ल्याउने, कृत्रिम बुद्धिमत्तामा आधारित ‘टुल’हरुको प्रयोगबारे सिकाइने, काठमाडौँ युनिभर्सिटीको प्रमाणिक शिक्षणविधिको अनुभव गर्न सकिने र कक्षाकोठमा शिक्षक–विद्यार्थीको संलग्नतामा सुधार ल्याउने प्राचार्य सुमन पौडेलले जानकारी दिए ।

काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसनका डीन शेषकान्त पङ्गेनी र काठमाडौँ युनिभर्सिटी डिपार्टमेन्ट अफ स्टीम एजुकेसनका लेक्चरर प्रतीतराज गिरीले तालिम प्रदान गर्ने कार्यक्रममा अङ्कुरम् एकेडेमीसहित चितवन र नवलपुरका विभिन्न विद्यालयका ६७ जना प्रिन्सिपल तथा शिक्षकहरूको सहभागिता रहेको छ ।

प्रशिक्षणले डिजिटल पेडागोजीको मूल्याङ्कन, आधार र संलग्नताबारे जानकारी दिने, रणनीतिक विश्लेषणअन्तर्गत राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय मापदण्डबारे जानकारी दिने, कोल्याबोरेटिभ क्लाउडको गुगल डक्स, गुगल स्लाइड र गुगल फर्मको प्रभावकारी प्रयोग गर्न सिकाउनुका साथै च्याटजिपिटी, जेमिनी, डिपसिक तथा कोपाइलटको प्रयोगबारे प्रशिक्षार्थीलाई गहिरो ज्ञान दिने, एआई फर क्रिएसन : म्याजिक स्कुल एआईअन्तरगत लेसन प्लान जेनरेटर तथा रुब्रिक जेनेरेटरबारे जानकारी र प्रभावकारी प्रयोगबारे प्रशिक्षार्थीलाई दक्ष बनाउने लक्ष्य राखिएको छ ।

विद्यालय सञ्चालक समिति अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा उद्घाटित प्रशिक्षण कार्यक्रममा प्राचार्य सुमन पौडेलले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका आवासीय निर्देशक नइम चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । पहिलो र दोस्रो दिनको प्रशिक्षण अङ्कुरम् एकेडेमीको बहुउद्देश्यीय सभा हलमा र तेस्रो दिनको प्रशिक्षण सौराहास्थित ल्यान्डमार्क फरेस्ट पार्कमा आवासीय सुविधासहित सञ्चालन हुनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।