२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए ।

यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । अन्य ४०० बढी घाइते भएका थिए ।

यसैबीच उनले अहिलेसम्म देशभरका विभिन्न कारागारबाट १३ हजार ५०० बढी कैदी तथा ५०० जति थुनुवा पनि फरार भएका जानकारी दिए । तीमध्ये केहीलाई भने पक्राउ गरिएको उनले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।