२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

पत्रकार एवम् साहित्यकार अर्यालको आठौँ स्मृति दिवस

चितवन । चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका अग्रज पत्रकार तथा साहित्यकार धर्मराज अर्यालको आठौँ स्मृति दिवस मनाइएको छ ।

‘स्वतन्त्र, जिम्मेवार र सशक्त पत्रकारिता, समृद्धि साहित्य र समुन्नत समाजका लागि’ भन्ने मूल नारासहित चितवन पोष्ट दैनिकले पत्रकार महासंघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले धर्मराज अर्यालले चितवनको पत्रकारिता तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले मोफसल पत्रकारिताको विकासमा धर्मराज अर्यालको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले अर्याललाई मोफसल पत्रकारिताका नायकका रूपमा उल्लेख गर्दै राष्ट्रिय समाचार समिति र चितवन पोष्टमार्फत उनले पत्रकारितामार्फत चितवनको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

साहित्यकार तथा लेखक डिआर पोखरेलले साहित्य र पत्रकारिता दुवै क्षेत्रमा धर्मराज अर्यालको योगदान स्मरणीय रहेको बताए । उनले अर्यालको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन स्मृतिग्रन्थ प्रकाशन गर्न चितवन पोष्ट दैनिकलाई आग्रह गरे ।

नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनक अर्यालले धर्मराज अर्याल इमान्दार, निष्ठावान् र आफूले सही ठानेको विषयका लागि जुनसुकै मूल्य चुकाउन तयार रहने व्यक्तित्व भएको उल्लेख गरे । पत्रकार रामकुमार एलनले आफूहरूका लागि चितवन पोष्ट विश्वविद्यालयसरह रहेको बताउँदै धर्मराज अर्यालबाट पत्रकारिताका धेरै पाठ सिक्न पाएको स्मरण गरे ।

कार्यक्रममा साहित्यकार धनराज गिरी, पत्रकार वीरेन्द्रमणि पौडेल, शशिधर गैरे, अनिल ढकाल, प्रकाश ज्ञवाली, साहित्यकार उदय अधिकारी, भानु उपाध्याय, राजेन्द्र घायल, मधुसूदन दवाडीलगायतले धर्मराज अर्यालको व्यक्तित्व, कृतित्व तथा चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा उनले पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए । सहभागीहरुले धर्मराज अर्यालको निष्पक्ष, जिम्मेवार र समाजप्रति समर्पित पत्रकारिता आजका पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।