२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

चितवनमा शव पहिचान गर्न आफन्तहरुको डिएनए नमुना सङ्कलन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परि बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि चितवनमा परिवारका सदस्यहरुको डिएनए नमुना सङ्कलन सुरू गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला इकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहकार्यमा डिएनए नमुना सङ्कलन सुरू गरेको हो । भरतपुर महानगरपालिका–१०, स्थित चितवन उद्योग संघको परिसरमा मंगलबारदेखि डिएनए नमुना सङ्कलन सुरू गरिएको हो । नमुना सङ्कलन कार्य बिहान ९ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म चल्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि बुबा, आमा, छोरा, छोरीमध्ये कुनै एक जनाबाट डिएनए परीक्षणको लागि नमुना सङ्कलन कार्य भइरहेको छ । त्यसका डिएनए नमुना दिन जाने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुईप्रति पासपोर्ट साइजको फोटोसमेत लिएर जान प्रहरीले अनुरोध गरेको छ ।

यसरी सङ्कलन गरिएको डिएनए नमुनाको रिपोर्ट आउन कम्तीमा १२ साता लाग्ने छ । चितवनमा हालसम्म ३२१ शव फेला परेको छ । जसमध्ये १२ जनाको मात्रै सनाखत भएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।