२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१२ लाई कार्यालय सञ्चालनका लागि उपकरण सहयोग गरिएको छ ।

नवलपुर–८, गैँडाकोटस्थित बिकु बचत तथा ऋण सहकारी संस्थाले कम्प्युटर सेट एक थान र प्रिन्टर एक थान तथा सिद्धि सङ्कलन बहुउद्देश्यीय सहकारी संस्था र जमुनापुर हेल्प सोसाइटीले कम्प्युटर एक थान वडा कार्यालयलाई प्रदान गरेका हुन् ।

वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बिकु बचतको स्वागत सेवा केन्द्र संयोजक रामचन्द्र दुवाडी र सिद्धि सङ्कलन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार थापा र जमुनापुर हेल्प सोसाइटीका सचिव विनोद अधिकारीले वडाध्यक्ष सुन्दरमणि सुवेदीलाई उपकरण हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वडाध्यक्ष सुवेदीले जेनजी प्रदर्शनकारीले गरेको आगजनीका कारण वडा कार्यालय पूर्णरुपमा ध्वस्त रहेको भन्दै कार्यालय सञ्चालनका लागि संघसंस्थाले दिएको सहयोग स्वीकारिएको बताए ।

कार्यक्रममा पञ्चकन्या सामुदायिक वनका कार्यसमिति सदस्य भरत पाण्डेले सामुदायिक वनले वडा कार्यालयको पुनर्निर्माणका लागि २० क्युफिट काठ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । वडा नं–१० लाई १५ क्युफिट, वडा नं–११ लाई २५ क्युफिट र वडा नं–१३ लाई १५ क्युफिट काठ उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

वडा सचिव शंकरबहादुर गिरीले सञ्चालन गरेको उक्त कार्यक्रममा सो वडाका संस्थापक अध्यक्ष वीरबहादुर पाख्रिन, कार्यपालिका सदस्य चन्द्रकला पनेरुलगायतले मन्तव्य राखेका थिए ।

उपकरण हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य सुकमाया विक, बिकु बचतका सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य भरत पाण्डे, कर्जा विभाग प्रमुख पूर्णप्रसाद सापकोटा, मानवीय स्रोत विकास प्रमुख मदन सापकोटा, नारायणी क्षेत्रीय प्रमुख सुरज लौडारीसहित टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।