२०८३ श्रावण १७ आईतवार
२०८३ श्रावण १७ आईतवार

चितवनमा एलपी ग्यासको आपूर्ति नियमित छ : प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

शनिबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ग्यास उद्योग तथा आधिकारिक बिक्रेतासँगको समन्वयपछि चितवनमा विगतझैँ नियमितरूपमा एलपी ग्यास आपूर्ति भइरहेको जनाएको हो । प्रशासनका अनुसार बजारमा देखिएको अभाव मुख्यतः उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्तिका कारण हुन सक्ने देखिएको छ ।

प्रशासनले ग्यासको आपूर्ति र वितरणको निरन्तर अनुगमन भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा वितरणमा अनियमितता गर्ने व्यक्ति तथा व्यवसायीमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

यस्तै, नेपाल आयल निगमसँग चितवनका लागि थप ग्यास कोटा उपलब्ध गराउन अनुरोध गरिएको र आवश्यक परिमाणमा ग्यास उपलब्ध गराइने मौखिक आश्वासन प्राप्त भएको पनि प्रशासनले जनाएको छ ।

प्रशासनले एकल महिला, ज्येष्ठ नागरिक, होस्टेलमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा आश्रित व्यक्तिले नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न समस्या भएमा जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १६६००५६५२००१ मा सम्पर्क गर्न आग्रह गरेको छ।

यद्यपि प्रशासनले आपूर्ति नियमित रहेको दाबी गरे पनि चितवनका विभिन्न क्षेत्रमा उपभोक्ताले एलपी ग्यास सहजरूपमा नपाएको गुनासो गरिरहेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।