२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पुर्‍याउनुपर्ने

चितवन । प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि विचारहरु गाउँसम्म पु¥याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि दल र आमनागरिकमा यसको भाष्य के हो भनेर बुझाउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देश र जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्ने समय आएको बताए । जनताले प्राप्त गरेको अधिकार रक्षाका लागि आफ्ना विचारहरु गाउँसम्म पु¥याएर जनतालाई बुझाउन आवश्यक रहेको बताए । उनले भने, “राज्य सत्ता कहिले काँही निरंकुश बन्न सक्छ । त्यसको विषयमा आमजनतालाई बुझाउन आवश्यक छ ।”

समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसीले आमजनताले लोकतन्त्रको महसुस हुने गरी यसको अर्थ जनतामा बुझाउन आवश्यक रहेको बताए । आमजनताको अधिकार रक्षाका लागि प्रजातान्त्रिक विचार समाजले आफ्नो सन्देश गाउँसम्म पुर्‍याउन आवश्यक रहेको उनको भनाइ थियो । ज्ञान र विचारको पुञ्जको रुपमा समाजमा सकारात्मक भूमिका खेल्न यो समाज सक्रिय हुन आवश्यक रहेको उनको बताए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुख दयाराम पौडेल, नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाले समाजमा प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक सन्देश प्रवाह गर्न समाजको महत्त्वपूर्ण भूमिका रहने बताइन् । देशमा जब समस्या पर्छ त्यो समयमा शिक्षित वर्ग एक भएर लाग्न आवश्यक रहेको उनीहरुको भनाइ थियो ।

समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विकास पौडेल, कोषाध्यक्ष सुनिता सडौलाले क्रमश साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गरेका थिए 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।