२०८३ बैशाख १० बिहीबार
२०८३ बैशाख १० बिहीबार

अटोबाट ओर्लिदा लडेर एक महिलाको मृत्यु

कालिका । कालिका नगरपालिका वडा नं–८, न्युरेनीमा अटोबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

कालिका–८ नं बडा कार्यालयबाट जुटपानीतर्फ आउदै गरेको ना २ ह २२३७ नम्बरको अटोमा सवार कालिका–९, शक्तिखोर बस्ने ५५ वर्षीया फूलमाया परियारको अटोबाट ओर्लने क्रममा लडेर मृत्यु भएको हो ।

टाउकोमा चोट लागी गम्भीर घाइते परियारको कालिका नगरअस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले बुधबार दिउँसो १ः२० बजे मृत घोषणा गरेका हुन् । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।