२०८३ बैशाख १५ मंगलवार
२०८३ बैशाख १५ मंगलवार

आरम्भ कलेजमा ‘रिसर्च मेथोडोलोजी’ तालिम

भरतपुर । आरम्भ कलेजद्वारा आयोजित तीनदिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चारवर्षे सेमेस्टर प्रणालीअन्तर्गतको बिएचएम एवम् बिआइटिएम कार्यक्रम सञ्चालन गर्दै आएको भरतपुरको अग्रणी संस्था आरम्भ कलेजले उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको थियो ।

तालिममा विभिन्न प्राइभेट एवम् सामुदायिक गरी १५ बढी संस्थाका विभिन्न विषयका प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने ३५ भन्दा बढी अनुसन्धानकर्ता एवम् विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा अनुसन्धानको परिचय, समस्या पहिचान, अनुसन्धान प्रस्ताव लेखन, तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्क विश्लेषण, प्रतिवेदन लेखन तथा अनुसन्धान नैतिकताका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रमका रिसोर्स पर्सनको रुपमा एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. गोविन्द ढुङ्गाना एवम् डा. गुणराज क्षेत्री रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धानकर्ताहरूको अनुसन्धान क्षमतालाई सहयोग प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने जानकारी गराए । साथै, कार्यक्रमको सुरूवाती सत्रमा विभिन्न कलेजका प्राचार्यहरुले धेरैभन्दा धेरै शैक्षिक संस्थाहरूलाई निमन्त्रणा गरी कार्यक्रम आयोजना गरेकामा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रमका प्रमुखअतिथि एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारीले अनुसन्धान ज्ञान, नवप्रवर्तन र सामाजिक विकासको आधार भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए । उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय अनुसन्धानमा लाग्न आग्रह गरे ।

कलेजका प्रतिनिधिले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए । प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी, ज्ञानवर्धक तथा व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन् । आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।