२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

नेपाल चिकित्सक सङ्घको सम्मेलन चितवनमा सुरू

चितवन । नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरू भएको हो ।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरु, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी छन् । साथै, स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।

सङ्घका चितवन जिल्ला सचिव डा महेन्द्र अग्रहरिका अनुसार प्यानल छलफल सुरू भएको छ । तीन वटा सभाकक्षमा छुट्टाछुट्टै छलफल भएको उनले जानकारी दिए ।

यसैगरी, कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण भइरहेका छन् । कार्यपत्र ४० र कार्यप्रगति ३० वटा रहेका छन् । आज बिहानदेखि प्राविधिक सत्र सुरू भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।

कार्यक्रममा देशभरबाट ३५० जना सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उनको भनाइ छ ।

हरेक दुई/दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्षयता तीन/तीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।

सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरु सुरु भएका छन् । कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटालगायत सरकारी निकायका अधिकारीहरु पनि सहभागी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।