रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–३, तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटरको ठक्करबाट पैदलयात्री पुरुष घाइते भएका छन् ।
खैरहनीबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३५ प ३७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका वडा नं–३ बस्ने अन्दाजी ५१ वर्षीय बाबुराम न्यौपाने घाइते भएका हुन् ।
अनुहार र टाउकोमा चोट लागेका घाइतेको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचारपश्चात् भरतपुर अस्पतालमा थप उपचार भइरहेको र उपचारमा स्कुटर चालक काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं–१ बस्ने अन्दाजी ३५ वर्षीय कुमार न्यौपाने संलग्न रहेको प्रहरीले जनाएको छ ।












