२०८३ श्रावण १ शुक्रबार
२०८३ श्रावण १ शुक्रबार

शैक्षिक प्रणाली सुधारका लागि ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

भरतपुर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको उल्लेख गरे ।

सामुदायिक विद्यालयको गुणस्तरबारे सोधिएको प्रश्नमा मन्त्री पोखरेलले भने, ‘हामीले समग्ररूपमा पाठ्यक्रमलाई पूर्णरूपमा पुनर्संरचना गर्न कार्यदल गठन गरेर काम अगाडि बढाइसकेका छौँ । शिक्षक तालिमका काम अगाडि बढाइएका छन् । विद्यालयको पूर्वाधार सुधारलाई प्रणालीगत र वैज्ञानिक ढङ्गले अघि बढाउने काम भइरहेको छ ।’

शिक्षा क्षेत्रमा गरिने लगानीको परिणाम आउन समय लाग्ने बताउँदै मन्त्री पोखरेलले आज लगानी गरिसकेपछि १५–२० वर्षपछि प्रतिफल देखिने भएकाले धैर्य भएर नीतिगत काम थाल्नुपर्ने बताए ।

मन्त्री पोखरेलले शिक्षासम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने प्रष्ट पारे । उनले भने, ‘अहिले टेक्नोलोजी, एआई कहाँ पुगिसकेको छ, त्यो सबै कुरालाई र समेट्ने यथाशीघ्र विधेयक ल्याइने छ ।’

निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सदा सकारात्मक रहेको बताउँदै उनले शैक्षिक परामर्शलगायत क्षेत्रमा आउनसक्ने समस्यालाई समयमै नियमन गर्न केही प्रयास गरिएको प्रष्ट पारे ।

मन्त्री पोखरेलले विदेश अध्ययन गर्न जाने विद्यार्थी अलपत्र पर्ने समस्या अन्त्य गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने बताउँदै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।