२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ जना घाइतेको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा हालसम्म ५५ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला छन् । थप दुई जनाको शव फेला परे पनि उनीहरूको पहिचान खुल्न सकेको छैन । भोटेकोसी बाढीबाट सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको प्रहरीले जनाएको छ । चितवनमा ५ महिला र १३ पुरुष गरी १८ जनाको शव फेला परेको छ ।

यस्तै, धादिङमा ११ महिला र ५ पुरुष गरी १६ जनाको मृत्यु भएको छ । नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव फेला परेको छ ।

गोरखामा १ महिला, ६ पुरुष र पहिचान नखुलेका २ जनासहित ९ वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रसुवामा भने १ जना पुरुषको शव फेला परेको छ ।

बाढीमा परी घाइते भएका ९३ जनाको समेत उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ४३ जना, नुवाकोटबाट ४७ जना र धादिङबाट ३ जना रहेका छन् ।

उद्धार गरिएका घाइतेलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा बेपत्ता तथा जोखिममा परेकाहरूको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।