२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

चितवन । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै, वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।

यसैगरी, बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, बेलचोकस्थित बेवारिसे अवस्थामा भेटिएका अन्दाजी ८० वर्षीय वृद्धको मानवसेवा आश्रममा मृत्यु भएको छ ।

भदौ २० गते रत्ननगर–१३ बाट नामथर वतन नखुलेका आप्पा भनेर चिनिने वृद्धको उद्धार गरी भरतपुर–३, बेलचोकस्थित मानवसेवा आश्रममा ल्याइ राखेकोमा भदौ २२ गते बेलुकी ४ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, भरतपुर–३, पुलचोकमा बेवारिसे अवस्थामा भेटिएकी २२ वर्षीया युवतीलाई वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले उद्धार गरी भरतपुर अस्पताल लगेको थियो ।

धादिङको गजुरी घर बताउने अन्दाजी २२ वर्षीया सुस्मिता गुरूङ दाहिने खुट्टामा घाउ भई खुट्टा फुलिएर हिँडडुल गर्न नसक्ने अवस्थामा प्रहरीले उद्धार गरेको थियो । निजको आइतबार बेलुकी ९ः०० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-१०, स्याउलीबजारस्थित रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

कारागारबाट हाकिम चोकतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल बागमती प्रदेश ०३-००१ ख ३६२० नम्बरको ट्रकमा ठोक्किँदा चालक भरतपुर-१२ बस्ने ३२ वर्षीय सागर पौडेल र मोटरसाइकलपछाडि सवार नुवाकोट घर भई हाल भरतपुर ९ बस्ने ३२ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका हुन् ।

चालकले मोटरसाइकल घटनास्थलबाट अन्यत्र राखी अस्पताल गएकाले खोजतलास कार्य भइरहेको र ट्रक चालक भरतपुर-१० बस्ने ३३ वर्षीय सुरेश कँडेल प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।