२०८३ मंसिर ६ शनिबार
२०८३ मंसिर ६ शनिबार

रत्ननगरका उत्कृष्ट करदाता सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिकाले ‘करदाता सप्ताह २०८३’ को अवसर पारेर उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । नगरपालिकाले विभिन्न विधामा उत्कृष्ट कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सम्पत्ति करतर्फ रत्ननगर वडा नं–१४ का अनिशमान सिंह श्रेष्ठ (प्रतिनिधि बलराम घिमिरे) रहेका छन् । उनले एक लाख १३ हजार ४५१ रुपैयाँ सम्पत्ति कर दाखिला गरेका थिए ।

यस्तै, बहाल करतर्फ रत्ननगर वडा नं–१० का केशवप्रसाद पौडेल सम्मानित भएका छन् । उनले दुई लाख ३४ हजार ६६६ रुपैयाँ ७२ पैसा बहाल कर तिरेको नगरपालिकाले जनाएको छ ।

यसैगरी, व्यवसाय करतर्फ रत्ननगर वडा नं–१४ मा रहेको एस.वाई. प्यानल नेपाल लिमिटेड (प्रतिनिधि मनिष बानियाँ) सम्मानित भएका छन् । उक्त कम्पनीले ३ लाख ४१ हजार १ सय २७ रुपैयाँ व्यवसाय कर बुझाएको थियो ।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा रत्ननगर–१० का वडाध्यक्ष एवं आर्थिक विकास समिति संयोजक कलाधर पौडेल, रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, नगर शिक्षा अधिकारी नारायण वाग्ले, महिला विकास अधिकृत दीपा घिमिरे, लेखा अधिकृत प्रदीप पौडेल, विभिन्न शाखागत कर्मचारी, व्यवसायी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।