२०८३ मंसिर ६ शनिबार
२०८३ मंसिर ६ शनिबार

रत्ननगरको चित्रसारीमा एकादशी मेला

रत्ननगर । चितवन रत्ननगर–८, चित्रसारीमा एकादशी मेला लागेको छ । थारू महिलाहरूले झाम्टा नाच प्रदर्शन गर्दै चित्रसेन बाबाको आह्वान गरी मेला सुरू भएको हो ।

हरिबोधनी एकादशीका अवसरमा उक्त मेला तीन दिनसम्म सञ्चालन हुनेछ । चित्रसेन बाबा मन्दिर संरक्षण समितिको अगुवाइमा आयोजना गरिएको मेलाको सुरुआत थारू महिलाहरूको झाम्टा नाचमार्फत चित्रसेन बाबाको आह्वान गरेर गरिएको समितिका अध्यक्ष आशाराम महतोले बताए ।

झाम्टा नाचपछि चित्रसेन बाबाको आह्वान गरी एकादशी मेला विधिवत् सुरूवात भएको उनले बताए । रातभर दियो बालेर पूजा आराधना गर्ने प्रचलन रहेको र यसबाट मनोकामना पूरा हुने विश्वास रहेको उनको भनाइ छ ।

चित्रसेन बाबालाई थारू राजा तथा भगवान् विष्णुको अवतारका रूपमा पुज्ने धार्मिक मान्यता छ । थारू समुदायले प्राचीनकालदेखि देवताका रूपमा श्रद्धापूर्वक पूजाआजा गर्दै आएका चित्रसेन बाबा पछिल्लो समय सबै समुदायको आस्थाको केन्द्र बनेका छन् । चित्रसेन बाबाको नामबाट चितवन जिल्लाको नामकरण भएको जनविश्वास रहिआएको छ ।

हरेक वर्ष कार्तिक शुक्ल हरिबोधनी एकादशीका दिन चित्रसेन बाबाको थान परिसरमा मेला लाग्ने गर्दछ । एकादशीको अघिल्लो साँझदेखि भोलिपल्ट साँझसम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यहाँ टाढाटाढाबाट भक्तजन पूजा तथा दर्शनका लागि आउने गर्दछन् ।

बुढी राप्ती नदीमा स्नान गरी चित्रसेन बाबाको थानमा पूजा गर्ने चलन छ । यहाँ गुरौ थारू पुजारीबाट पूजा हुने मन्दिर र ब्रह्मस्थानसमेत रहेको छ । मन्दिर संरक्षण समितिका सचिव नरिश्वर पुरीले चित्रसेन बाबाको पूजा थारू संस्कृतिसँग जोडिएको भए पनि सबै समुदायका लागि उत्तिकै मह¤वपूर्ण रहेको बताए ।

विसं २०५९ देखि समितिमार्फत मेला सञ्चालन गर्न थालिएको उल्लेख गर्दै प्रशासनसँग अनुमति लिएर भड्काउ गतिविधि नगरी मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना हुँदै आएको उनले बताए ।

रत्ननगर नगरपालिका–८ का वडाध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक कृष्ण चौधरीले चित्रसेन मन्दिरमा लाग्ने एकादशी मेला मह¤वपूर्ण रहेको बताए । पहिले थारू समुदायको मन्दिरका रूपमा रहेको चित्रसेन बाबा मन्दिर अहिले सबै समुदायको साझा आस्थाको स्थल बनेको उनले बताए ।

मन्दिरमा सोमबार आरती हुने गरेको र थारू पुजारीबाट दैनिक पूजा आराधना हुँदै आएको छ । एकादशी मेलासँग जोडिएर आउने राउन्ड बत्ती र रिङ हान्ने खेलको आकर्षणका कारण पनि मेलामा भक्तजन आउने गरेका छन् ।

विगतका वर्षमा राउन्ड बत्ती र रिङ हान्ने खेल सञ्चालन हुँदै आएकोमा यस वर्ष प्रशासनले सीमितता तोकेका कारण १३ राउन्ड बत्ती र पाँच रिङ हान्ने खेल मात्र सञ्चालन गरिने उनले बताए ।

मन्दिर परिसरको बाटोमा भीडभाड नहोस् भनेर यसपटक परिसरभित्रै मेला सञ्चालन गरिने उनले जानकारी दिए । हरिबोधनी एकादशीका दिन व्रत बसेर चित्रसेन बाबाको दर्शन तथा पूजाआजा गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

व्रत बसेका तथा दर्शन गर्न आएका भक्तजनले मेलामा पाइने फलफूल, उखु, सखरखण्डलगायत सामग्री किनेर घर लैजाने चलन छ । चित्रसेन बाबा मन्दिरमा करिब १२–१३ वर्षदेखि पुजारीका रूपमा सेवा गर्दै आउनुभएका भरत महतोका अनुसार यस स्थानलाई गाउँको ब्रह्मथानका रूपमा मान्ने गरिन्छ । यहाँ दर्शन तथा पूजाआजा गर्न टाढाटाढाबाट भक्तजन आउने र दर्शनका लागि दिनभर लामो लाइन लाग्ने गरेको छ ।

चित्रसेन बाबाप्रति भक्तजनको गहिरो विश्वास रहेको उल्लेख गर्दै उनले यहाँ भाकल गर्दा निःसन्तानले सन्तान प्राप्त गरेको, दुःख हटेको तथा हराएका मानिस भेटिएकोजस्ता अनुभव भक्तजनले सुनाउने गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।