२०८३ मंसिर ६ शनिबार
२०८३ मंसिर ६ शनिबार
काठमाडौँ । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा चितवनलाई पराजित गरेसँगै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपिएलको फाइनलमा पुगेको हो ।
 
अब उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । अघिल्लो संस्करणमा पनि यी दुई टोलीबीच नै फाइनल प्रतिस्पर्धा भएको थियो, जसमा लुम्बिनीले उपाधि जितेको थियो ।
 
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९।५ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ४२ बलमा सात चौका प्रहार गर्दै अविजित ५३ रन बनाए । विनोद भण्डारीले १३ बलमा २३ तथा दीपेन्द्रसिंह ऐरीले १६ बलमा १५ रन जोडे ।
 
चितवनका रञ्जित कुमारले तीन ओभरमा २५ रन खर्चेर दुई विकेट लिए । कमल ऐरी, रिजान ढकाल, उसामा मीर, सलाउद्दिन खान र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
 
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि डेविड मलानले सर्वाधिक ७१ रन बनाए । उनले ५१ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै अविजित ७१ रन जोडे । सलाउद्दिन खानले १६ बलमा १८ तथा कमल ऐरीले आठ बलमा १० रन बनाए । देव खनालले छ र क्यामिल मिश्राले चार रन बनाए ।
 
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले तीन तथा थारिन्दु रत्नायकेले दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक–एक विकेट लिए ।

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा आजदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको आज बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गरे ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म चल्ने छ ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले क्षतविक्षत बनेको नारायणी किनारलाई आफ्नै लगानीमा सम्माएकोप्रति आयोजकलाई धन्यवाद दिए । स्थानीय संस्कृतिको जगेर्ना लगायत महोत्सवले राखेको सबै उद्देश्यहरु पूरा हुने विश्वास व्यक्त गर्दै मन्त्री तामाङले महोत्सवको सफलताको शुभकामना दिए ।

बाढीका कारण नारायणी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेर नारायणी किनार कुनै कार्यक्रम गर्न योग्य थिएन । यस्तो अवस्थामा महोत्सव आयोजना गर्नुअघि परिसरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा किनारलाई सम्याएर महोत्सव सुरु गरेको हो ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीका अनुसार यस वर्षको महोत्सवलाई थप नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएका छन् । महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने नारायणी नदी किनार तथा वरपरको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुन महोत्सवमा राखिएको छ ।

त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिएका छन् ।

महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिएको छ । यसबाट स्थानीय व्यवसायी, उद्यमी, स्वरोजगारमा संलग्न व्यक्ति तथा साना व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्राप्त भएको आयोजकको बुझाई छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरण र स्थानीय संस्कृतिको जगर्नेमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग आवश्यक समन्वय र सहकार्यमा महोत्सव सुरु गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, परिसरको सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको देख्न सकिन्छ ।

आयोजकले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको जनाएको छ ।

महोत्सवमा साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० रहेको छ । कुनै–कुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । उक्त विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट रु. ३०० र भिआइपी टिकट रु. ५०० रहेको छ । कहिलेकाहिँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने रु. १०० र ८० कै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।