२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ४१३ जना लाभान्वित

चितवन । नेपाली सेनाको श्री नयाँ सबुज गणको आयोजना, खैरहनी नगरपालिकाको समन्वय तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरहनी नगरपालिका–४ चैनपुरस्थित नेपाल राष्ट्रिय भूपू सैनिक संघ, क्षेत्र नं १, इकाई नं ३ (कंकाली पिकनिक परिसर) मा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।

शिविरमा श्री नयाँ सबुज गणका गणपति प्रमुख सेनानी सुदीपकुमार तामाङ्ग, गणका ज्येष्ठ सेनानी, डा अधिकृत, पदिक तथा अन्यदर्जा सैनिक, एनसिसी अल्मुनाई सदस्यहरू, विशेषज्ञ गैरसैनिक चिकित्सक तथा चितवन जिल्ला भूपू सैनिक संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रमुख सेनानी सुदिप कुमार तामाङ्गको कमाण्डमा १र२४ को नफ्रि तथा श्री नं ७ फिल्ड एम्बुलेन्स गुल्मबाट प्रा सहसे डा सुनिल गुरुङको कमाण्डमा १र६ को नफ्रिसहितको टोली परिचालन गरिएको थियो। शिविरमा मौलाकालिका अस्पतालका ३ जना, भरतपुर आँखा अस्पतालका ४ जना तथा नेशनल सि।टी। अस्पतालका २ जना विशेषज्ञ चिकित्सकहरूको सहकार्य रहेको थियो।

शिविरमा जनरल फिजिसियन, छाला रोग, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग र मधुमेह सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको नेपाली सेनाले जनाएको छ।

आर्थिक अभाव तथा स्वास्थ्य चेतनाको कमीका कारण समयमै उपचार पाउन नसकेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट खैरहनी नगरपालिकाका २८० महिला र १३३ पुरुष गरी कुल ४१३ जना लाभान्वित भएका थिए।

नेपाली सेनाका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्थानीय नागरिकको स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन एनसीसी अल्मुनाईका स्वयंसेवक, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।