२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

पञ्चकन्या सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम

रत्ननगर । रत्ननगर–११ स्थित पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण र जैविक विविधता प्रवर्द्धनका लागि वृक्षरोपण गरेको छ । वनले आइतबार एक कार्यक्रमका बीच मनिखोला पार्कनजिक रहेको खण्ड नं २ मा विभिन्न प्रजातिका बिरूवाहरु रोपेको हो ।

वनका अध्यक्ष गोविन्द सिङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले वृक्षरोपणको उद्घाटन गरेका थिए ।

प्रकृतिको सन्तुलन कायम राख्न र उपभोक्ताहरुको आयआर्जनमा समेत टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विशेषगरी लोपोन्मुख अवस्थामा रहेका पलाँस, मौवा र सिसौका बिरूवाहरु रोपिएको वनका अध्यक्ष सिङ्तानले जानकारी दिए । वृक्षरोपण कार्यक्रमका लागि संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र, कुलेखानी, मकवानपुरअन्तर्गतको गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना र डिभिजन वन कार्यालय, भरतपुरले आर्थिक सहयोग गरेका अध्यक्ष सिङ्तानले बताए ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि आचार्यले वनको दिगो व्यवस्थापन र रैथाने तथा लोपोन्मुख प्रजातिका बिरूवाहरुको संरक्षणमा पञ्चकन्या सामुदायिक वनले खेलेको भूमिकाको प्रशंसा गरे । वन व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आवश्यकताअनुसार गरिने वृक्षरोपणले वन संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्रका जलाधार व्यवस्थापन अधिकृत निकेश कठायतले सामुदायिक वनको हैसियत बिग्रिन नदिन वृक्षरोपणलाई निरन्तरता दिनुपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ चितवनका उपाध्यक्ष कृष्ण बगाले, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक पौडेललगायतले मन्तव्य राखेका थिए । वन सचिव तीर्थकुमार विकले सञ्चालन गरेको उक्त कार्यक्रममा कोषाध्यक्ष पार्वतीदेवी मगरले स्वागत मन्तव्य राखेकी थिइन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।