२०८३ श्रावण १५ शुक्रबार
२०८३ श्रावण १५ शुक्रबार

देवघाटको शवगृह ‘पिपिई मोडेल’मा सञ्चालन गरिने

भरतपुर । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी (पिपिई मोडेल)मा सञ्चालन गरिने भएको छ ।

शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अन्तिम तयारीमा पुगिएको बताए । उनका अनुसार सार्वजनिक–निजी साझेदारीको लागि छिट्टै सूचना प्रकाशन गरिनेछ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण भइसकेको छ । देवघाटको शवदाह गृह सञ्चालनको क्रममा केही प्राविधिक समस्याहरु आएका थिए ।

शवदाह गृहका फोकल पर्सन बालकृष्ण थपलियाका अनुसार सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । उनले भने, ‘अब सूचना निकाल्ने अन्तिम तयारी भइरहेको छ ।’

सुरुमा महानगर आफैँले शवदाह गृह सञ्चालनमा ल्याउने जमर्को गरेको थियो, तर खर्च बढी आउने भएकाले सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न महानगर पुगेको हो ।

निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण भएको हो ।

शवदाह भवनमा भुइँतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शवदाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् । महानगरले एउटा शव जलाएबापत् ३५ सय रुपैयाँ लिने कार्यविधिमा उल्लेख गरेको छ ।

वर्षातको समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा किरियापुत्री बस्ने व्यवस्था छ । देवघाट क्षेत्र विकास समितिका अनुसार हाल देवघाटमा दैनिक १० वटा शव दाउराको माध्यमबाट जल्ने गरेको छ ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । वातावरणको दृष्टिकोणले पनि विद्युतीय मेशिनबाट शवदाह हुनु राम्रो मानिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।