२०८३ श्रावण २८ बिहीबार
२०८३ श्रावण २८ बिहीबार

पोल्ट्री क्षेत्रका समस्या समाधान गर्न कृषि मन्त्री सकारात्मक

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ध्यानाकर्षण गराएको छ ।

संघको टोलीले बिहीबार मन्त्रालयमा मन्त्री चौधरीलाई भेटेर पोल्ट्री क्षेत्रको वर्तमान अवस्था र व्यवसायीले भोग्दै आएका समस्याबारे जानकारी गराएको हो । भेटमा पोल्ट्री व्यवसाय आत्मनिर्भर क्षेत्रका रूपमा विकास भएको, स्वदेशी पुँजी पलायन रोक्न तथा रोजगारी सिर्जना गर्न योगदान पुर्‍याएको संघले जनाएको छ । पोल्ट्रीजन्य उत्पादनले सर्वसाधारणको पोषणमा समेत महत्त्वपूर्ण योगदान दिएको संघको भनाइ छ ।

संघले पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयातमा लाग्ने कृषि सुधार शुल्क तथा भन्सार, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर र खुला सीमा नाकाबाट हुने अवैध आयातलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको थियो ।

विशेषगरी अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी मासुको अवैध आयातले स्वदेशी पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै त्यसलाई नियन्त्रण गर्न संघले आग्रह गरेको छ ।

भेटमा मन्त्री चौधरीले व्यवसायीले उठाएका विषयमा सकारात्मक धारणा राख्दै मूल्य अभिवृद्धि कर खारेजी र अवैध आयात नियन्त्रणका लागि तत्काल पहल गर्ने आश्वासन दिएको संघले जनाएको छ । मन्त्रीसँगको छलफल प्रभावकारी भएको र समस्या समाधानका लागि तत्कालै कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता आएको संघको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको समन्वयमा भएको भेटघाटमा संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिलकुमार शाक्य र व्यवसायी राजन पियाको सहभागिता थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।