२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

‘स्टार्टअप बिजनेस’मा विद्यार्थीलाई प्रोत्साहन

भरतपुर । बोस्टन इन्टरनेसनल कलेजले विद्यार्थीहरुलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गर्दै आएको छ । पछिल्लो समय नवप्रवर्तनमा सफल उद्यमीको अनुभव आदानप्रदान गर्ने उद्देश्यले प्यानल छलफल गर्न थालिएको छ । विश्व उद्यमी दिवसको अवसरमा नवउद्यमीहरुलाई बोलाएर छलफल गरिएको थियो ।

वृक्ष अर्गानिक्सका सह–संस्थापक पुरूषोत्तम अधिकारीले बोस्टनको सहयोगका कारण आफूहरुले विश्वविद्यालय अनुदान आयोगबाट अनुदान प्राप्त गर्न सकेको बताए । वृक्ष अर्गानिक्सलाई आयोगले ११ लाख रूपैयाँ अनुदान दिएको छ । नेपाल नवप्रवर्तनको मामलामा धेरै पछाडि रहेको भन्दै उनले युवाहरुले अवसरलाई समात्न सक्नुपर्ने बताए । बोस्टनमा इन्क्युबेसन सेन्टर स्थापना हुन सके विद्यार्थीलाई उद्यमशील बन्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

बेटर हेल्थ क्लिनिककी संस्थापक मेलिना अधिकारीले परीक्षामा फेल हुनुलाई सबै कुरा गुमेको रुपमा हेर्न नहुने बताइन् । ‘हार्नु भनेको धेरै कुरा सिक्दै अर्काे चरणको प्रतिस्पर्धामा जानु हो । मैले कोभिडअगाडि सुरू गरेको व्यवसाय कोभिड महामारीका बेला टिकाउन मुस्किल प¥यो, कोभिड सकिएपछि व्यवसायलाई धेरै राम्रोसँग अगाडि बढाउन सकेँ ।’

आफू बोस्टनकै पूर्वविद्यार्थी भएको बताउँदै उनले उद्यमी भएर समुदायलाई सेवा गर्ने उद्देश्यले हेल्थ क्लिनिक खोलेको बताइन् । पछिल्लो समय हेल्थ केयरमा अवसर बढ्दै गएको उनले बताइन् ।

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी सहायक प्राध्यापक समुद्र पौडेलले नवीनतम प्रविधिको भरपूर प्रयोग गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । नेपालमा नीति नियमको अभावका कारण नवउद्यमीहरुलाई व्यवसायको क्षेत्र बढाउन समस्या परिरहेको भन्दै उनले युवाले इतिहासलाई सही पहिचान गर्न सक्नुपर्ने बताए । अबको समय युवाहरुलाई उद्यमशीलतामा आकर्षित गर्ने समय भएको उनको भनाइ थियो ।

आर्टमायाकी सह–संस्थापक पलक जलानले देशका लागि योगदान गर्न सक्नुलाई नै आफूले सफलता मानेको बताइन् । युवाले आफ्नो भिजन राख्नुपर्ने भन्दै उनले त्यसपश्चात् आत्मविश्वास आफैँ प्राप्त हुने बताइन् । कार्यक्रमको मध्यस्थकर्तामा बोस्टन इन्टरनेसनल कलेजको स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारी रहेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।