२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समग्र स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा प्रगति विवरणबारे बुधबार छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १६ वटै वडाका आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख तथा स्वास्थ्यचौकी प्रमुखहरुले आआफ्नो वडामा आर्थिक वर्ष २०८१०८२ मा भए(गरेका स्वास्थ्यसम्बन्धी अद्यावधिक विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वास्थ्यसम्बन्धी प्रगति विवरण समयमै अद्यावधिक गर्न र नगरवासीलाई उत्कृष्ट सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए । उनले स्वास्थ्यकर्मी साथीहरुको लगाव, क्षमता र अनुभवका कारण स्वास्थ्य क्षेत्रमा रत्ननगरको नतिजा राम्रो रहेको र आगामी दिनमा पनि आपसी सहयोग र राय लिई स्वास्थ्य सेवाका सूचकहरुको अद्यावधिक गर्न अनुरोध गरे ।

स्वास्थ्य शाखा प्रमुख एवम् जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणबारे समीक्षा गर्दै कमिकमजोरी सुधार गरी अगाडि बढ्न सबै स्वास्थ्यकर्मीहरुमा आग्रह गरे ।

सो अवसरमा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले स्वास्थ्यकर्मीहरुलाई आपसी सहयोग र समन्वय गरी रजिस्टरमा विवरण अद्यावधिक गर्न सुझाव दिए । उनले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणमाथि समीक्षा गर्दै आवश्यकीय सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटा, नर्सिङ इन्चार्ज अम्बिका पौडेल, स्वास्थ्य निरीक्षक दीपेन्द्र विक, बकुलहर रत्ननगर अस्पतालका सिअहेव अधिकृत नारायणप्रसाद ढुङ्गाना, बछौली स्वास्थ्यचौकी इन्चार्ज केशवबाबु पौडेल, पिठुवा स्वास्थ्यचौकी इन्चार्ज नरहरि श्याम शर्मा, पञ्चकन्या स्वास्थ्यचौकी इन्चार्ज नवराज पौडेल, आधारभूत स्वास्थ्यकेन्द्रका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

भरतपुर । नारायणी नदीकिनारमा जारी प्रथम खेलकुद तथा बृहत् व्यापार महोत्सवको मुख्य प्रवेशद्वारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिनेगरी प्रवेशद्वार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसरभित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरूवाती दुई दिनमा नै दर्शकहरुलाई आकर्षित गरेको छ ।

महोत्सव अवलोकनका लागि जोकोही दर्शक लन्डन ब्रिजमा एकछिन अडिन्छन् । युवा पुस्ता हुन् वा वृद्धावृद्धा, कोही फोटो खिन्छन्, कोही सेल्फी लिन्छन् त कोही टिकटक भिडियो बनाउँछन् । दर्शकहरु लन्डन ब्रिजको प्रतिमामा रमाएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की लन्डन ब्रिजप्रति दर्शकहरुको आकर्षण देखिएको बताउँछन् । आगामी दिनमा यसले दर्शकहरुलाई थप आकर्षित गर्ने विश्वास आयोजकले लिएको छ ।

दर्शकहरुले लन्डन ब्रिज चढेर महोत्सव परिसरभित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको प्रतिमा भने निर्माणको क्रममा रहेको छ । तीन दिन लगातार वर्षा हुँदा काम प्रभावित भएको महोत्सव सहसंयोजक पाल्देन लामाले जानकारी दिए । यसका लागि कुनै अतिरिक्त शुल्क लाग्नेछैन । दर्शकहरुले महोत्सव परिसर प्रवेशका लागि काट्ने टिकटबाट नै लन्डन ब्रिजको प्रतिमा हुँदै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावर हेर्न पाउनेछन् ।

यसैबीच, महोत्सवमा बुधबार बिच भलिवल आयोजना भएको छ । महिला र पुरुष दुबैतर्फको खेल भएको थियो । मङ्सिर २ गतेसम्म चल्ने महोत्सवमा भलिवलसँगै कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् ।

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१, रामनगरस्थित प्रदेश ट्राफिक कार्यालयअगाडि स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

ठिमुराबाट आँपटारीतर्फ जाँदै गरेको ना ६४ प ५३९६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री भरतपुर–१ बस्ने ६० वर्षीया ईश्वरी श्रेष्ठ र स्कुटर चालक भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीय विवेक परियार घाइते भएका हुन् ।

दुवै घाइतेको एलाइभ हस्पिटल भरतपुरमा उपचार भइरहेको र स्कुटर नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय, रामनगरले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।