२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा विराटनगरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौँले दिएको १३५ रनको लक्ष्य पछाएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । विराटनगरको जितमा जर्ज मुन्सीले सर्वाधिक ३६ रन बनाए भने मार्टिन गप्टिलले २५, नरेन भट्टले २४ रन बनाएका थिए ।

यस्तै, काठमाडौँका बलर सहाब आलमले २ विकेट लिए भने करण केसी, जेरार्ड इरासमस र सन्तोष यादवले एक/एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै काठमाडौँका आदिल आलमले सर्वाधिक ४८ रन बनाए भने बेन चार्लेजवोर्थले ३२ र सन्तोष यादवले २६ रन बनाएका थिए ।

यो जीतसँगै विराटनगरले लगातार दोस्रो जीत हासिल गरेको छ भने काठमाडौँ गोर्खाजले तीन खेलमा दोस्रो हार बेहोरेको छ ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबारको पहिलो खेलमा स्कटल्याण्डका मार्क वाटको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले नौ विकेटको शानदार जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले प्रस्तुत गरेको १५७ रनको लक्ष्य कर्णालीले १२ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको छ । कर्णालीको जीतमा वाटले शतक प्रहार गरे । उनी एनपिएलको जारी संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

वाटले ४४ बल खेल्ने क्रममा १२ छक्का र छ चौकाको सहयोगमा ११४ रन बनाए । २९ बलमा अर्धतक पूरा गरेका उनले थप ४१ बलमा शतक पूरा गरेका थिए ।

कर्णालीका ओपनर प्रियांक पञ्चाल १२ रनमा आउट भए भने विलियम वोसिस्टो २९ रनमा अविजित रहे । लुम्बिनीका लागि एक मात्रै विकेट शेर मल्लले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानिश जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक÷एक विकेट लिएका थिए ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ लाख नौ सय १४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार एक सय ८० नयाँ मतदाता थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि नयाँ मतदाताको सङ्ख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ रहेको थियो ।

यसअघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपिएको थियो ।

नवलपुर । नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकार शनिबारदेखि सञ्चालनमा आएको छ । गत भदौ २५ गतेदेखि बन्द रहेको केबलकारको सेवा दुई महिनाभन्दा लामो समयपछि पुनः सञ्चालनमा आएको हो ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीका कारण केबलकारको बटम स्टेसनमा रहेका कार्यालय भवन, फर्निचरलगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केबलकारको सेवा बन्द गरिएको थियो । केबलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिकहरु आई केबलकार पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टिमले लामो समय चेकजाँच सम्पन्न गरेपछि केबलकार सञ्चालन गरिएको स्टेसन म्यानेजर सुरज पौडेलले बताए ।

‘केबलकार सञ्चालनमा आएर करिब एक हप्तासम्म विभिन्न सूक्ष्म परीक्षणहरु गर्दा सम्पूर्ण रुपमा ठीक भएको पाइएपछि बल्ल हामीले आमसर्वसाधारणका लागि खुल्ला गरेका हौँ’, म्यानेजर पौडेलले भने, ‘सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले केबलकार चल्न थालेको एक हप्तासम्म धेरै सुरक्षा जाँचहरु गरेर बल्ल सञ्चालनमा ल्याएका छौँ ।’

पौडेलका अनुसार अब केबलकार पूर्ववत् तालिकाअनुसार बिहान ६ः०० बजेदेखि राति १०ः०० बजेसम्म सञ्चालन हुनेछ । केबलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेसनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो । होटलको सेवा यथावत् नै भए पनि केबलकार नै नचलेपछि सेवाग्राही ग्राहकहरुको आगमन घटेको थियो ।

केबलकार सञ्चालनमा आएपछि होटलका सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवा दिन सकिने इला रिसोर्ट तथा मौलाकाली केबलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताए । ‘यो अवधिमा पनि होटल त खुल्ला नै थियो तर पनि केबलकार नै नभएपछि सेवाग्राहीहरू निकै नै कम आउनुहुन्थ्यो’, केसीले भने, ‘केबलकार पुनः सञ्चालनमा आएसँगै होटलमा पनि धेरै सेवाग्राही आउने र आफूहरुले अझै गुणस्तरीय सेवा प्रदान हुनेछ ।’ 

केबलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको थियो । केबलकार सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा पछिल्लो समय केबलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल नै निकै कम देखिएको धार्मिकसेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

‘मन्दिरमा धेरै भक्तजनहरु आउने दसैँ–तिहारको बेलामा पनि यसपालि भक्तजन धेरै आएनन्, अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा भेटी पनि निकै कम चढ्यो’, सापकोटाले भने । विसं २०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करिब ६ लाख सेवाग्राहीले सेवा लिइसकेका छन् । केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै आर्थिकरुपमा पनि यसले मौलाकालिका मन्दिर, सामाजिक संघसंस्था तथा विभिन्न सरकारी निकायमा उल्लेख्य योगदान गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।