
काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८० दल दर्ता भएका छन् ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मंगलबार साँझसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० गतेसम्म समय तोकेको छ ।
उनका अनुसार मङ्सिर १ गते १२ वटा, २ गते पाँच, ३ गते आठ, ४ गते आठ, ५ गते सात, ७ गते १६, ८ गते आठ र ९ गते १६ वटा राजनीतिक दल दर्ता भएका छन् ।
बुधबारसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणमा दोस्रो जीत हात पारेको छ ।
मंगलबार कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमाडौँले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
चार खेल खेलिसकेको काठमाडौँले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाडौँ सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।
लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।
काठमाडौँले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो ।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि पर्याप्त भएन ।
बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुईरदुई तथा कप्तान करण केसी, शाहव आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।





