२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

रुसका राजदूतको भावुक बिदाइ, भने– ‘फेरि भेटौँला’

काठमाडौँ । नेपालका लागि रुसी संघका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आफ्नो छैठौँ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गर्दै नेपालबाट बिदाइ लिएका छन् ।

एक दशकभन्दा बढीको समय नेपालमा बिताएपछि उनले यस देशलाई ‘दोस्रो घर’को रूपमा उल्लेख गर्दै गहिरो भावनात्मक सन्देशमार्फत् आफ्नो बिदाइ घोषणा गरेका छन् ।

राजदूतले नेपाललाई केवल एक कूटनीतिक पोस्ट नभई, स्मृतिहरू, मित्रता र नेपाली जनताको संस्कृति तथा परम्पराप्रतिको सम्मानले भरिएको जीवनको मह¤वपूर्ण हिस्सा भएको बताए ।

‘नेपालले मलाई आत्मीक शान्ति र अद्भुत शक्तिबीचको सन्तुलन देखायो’, राजदूतले भने, ‘यहाँको सादगीमा बुद्धिमत्ता छ, विनम्रतामा बल र कठिनाइँमा पनि गरिमा छ ।’

रुस–नेपाल सम्बन्धको मजबुत विकास

राजदूतले आफ्नो कार्यकालमा रुस–नेपाल सम्बन्धको स्थिर र गहिरो विकास भएको उल्लेख गरे । कूटनीतिक सम्बन्ध परम्परागत सीमाभन्दा बाहिर बढ्दै शिक्षा, विज्ञान, संस्कृति, ऊर्जा, मानवीय आदानप्रदान र क्षेत्रीय सहकार्यसम्म फैलिएको उनले बताए ।

सिस्टर–सिटी (दाजुभाइ नगरपालिका) कार्यक्रमहरूलाई उनले उल्लेखनीय सफलता मान्दै ‘रुसी र नेपाली नगरपालिकाबीचको प्रत्यक्ष सम्पर्कले नागरिकस्तरमा आपसी समझदारी र साझेदारी बढाएको छ’, उनले भने ।

शिक्षा र जनस्तरको सम्बन्धमा विशेष जोड

राजदूतको कार्यकालमा रुसी विश्वविद्यालयहरूमा नेपली विद्यार्थीको संख्या उल्लेखनीयरूपमा वृद्धि भएको छ । उनले शिक्षा क्षेत्रमा बढ्दो सहयोगलाई दुई राष्ट्रबीचको मैत्रीको मेरुदण्डको रूपमा चित्रण गरे ।

‘नेपाली विद्यार्थीहरू केवल डिग्री लिएरमात्र फर्कंदैनन्, उनीहरू रुसको संस्कृति, इतिहास र जीवनशैलीको प्रत्यक्ष अनुभव लिएर फर्किन्छन् र यी युवाहरू नै हाम्रो मित्रताको साँचो दूत हुन्’, उनले भने ।

रुसी हाउस काठमाडौँमार्फत आयोजित चलचित्र महोत्सव, भाषा प्रतियोगिता, साङगीतिक कार्यक्रम र प्रदर्शनीहरूले नेपाली समाजमा रुसप्रति चासो र समझदारी थपिएको राजदूतको भनाइ थियो ।

कूटनीतिक सहकार्य र साझा मूल्यहरू

राजदूतले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले अपनाएको तटस्थ, शान्तिपूर्ण, असंलग्न परराष्ट्र नीति र संयुक्त राष्ट्रसंघमा रुसले प्रस्तुत गरेका प्रस्तावहरूमा नेपालले दिएको समर्थनप्रति कृतज्ञता व्यक्त गरे ।

‘नेपालको सन्तुलित र स्वतन्त्र नीति केवल कूटनीतिक दृष्टिकोण मात्र होइन, नैतिक दृष्टान्त पनि हो’, उनले भने, ‘नेपालले देखाएको मार्गदर्शनले आजको विभाजित विश्वमा निष्पक्षता र संवादको सम्भावना देखाउँछ ।’

व्यक्तिगत भावनाहरूसहितको बिदाइ

राजदूतले नेपाली सरकारी निकाय, स्थानीय प्रशासन, व्यापारी, विद्वान, कलाकार, पत्रकार र रुसको समुदायका साथै कूटनीतिक सहकर्मीहरूप्रति आभार प्रकट गरे ।

‘म के सबैभन्दा बढी मिस गर्नेछु भने त्यो हो– यहाँका मानिसहरू’, उनले भने, ‘काठमाडौँ उपत्यकाको बिहानको प्रकाश, चाडपर्वहरूको उत्साह र हिमाली गाउँहरूको शान्त गरिमा, यी सबै मेरो हृदयमा सदैव रहनेछन् ।’

बिदाइ सन्देशको अन्त्यमा उनले भने, ‘म बिदा भन्न चाहन्न । म भन्छु– फेरि भेटौँला । म फर्किनेछु– सायद राजदूतको रूपमा होइन, तर सदैव मित्रको रूपमा ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।