२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

चितवनबाट घरमै राहदानी पुर्‍याउने कार्यको थालनी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालय चितवनले घरघरमा राहदानी पुर्‍याउन सुरू गरेको छ ।

हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्‍याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए ।

पहिले चिठीपत्र पुर्‍याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पुर्‍याउनमा लागिपरेको छ । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्‍याउन थालिएको हो । हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ ।

भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् । जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।