२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

यात्रुवाहक बस ट्रकपछाडि ठोक्किँदा पाँच जना घाइते

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–४, रमाइलो डाँडामा काठमाडौँबाट चितवन आउँदै गरेको यात्रुवाहक बस सडकमा रोकिराखेको ट्रकपछाडि ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

ना६ख ६९६० नम्बरको बसले सोही स्थानमा रोकिराखेको ना६ख ३३५३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मकवानपुरको बकैया–६ बस्ने २७ वर्षीय सन्तबहादुर तामाङ, २९ वर्षीय विजय बम्जम, भारतको मोतिहारी बस्ने ३० वर्षीय अख्तर अली, ११ वर्षीय अयसन अली र काठमाडौँ थली बस्ने ३७ वर्षीय गोपाल माझी रहेका छन् ।

चार जनाको मुग्लिनस्थित स्थानीय मेडिकलमा र गोपाल माझीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन र चालक प्रहरी चौकी इच्छाकामनाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।