२०८२ चैत्र १२ बिहीबार
२०८२ चैत्र १२ बिहीबार

रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरू

रत्ननगर । रत्ननगर नगरपालिकाले ७५ दिनको लोकसेवा तयारी कक्षा सुरू गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाले तयारी कक्षाको उद्घाटन गरेका छन् । खैरहनीस्थित लोकसेवा सारथि प्रालिको सहजीकरणमा हुने तयारी कक्षामा खरिदार चौथो र पाँचौँ तहको प्रथम, द्वितीय र तृतीय पत्र पढाइ हुनेछ ।

युवाहरुलाई निजामती सेवामा रोजगारीको अवसर सिर्जना गर्न नगरपालिकाले लोकसेवा तयारी कक्षा सुरू गरेको नगरप्रमुख सापकोटाले बताए । तयारी कक्षामा १६ वटा वडाका ५७ जना सहभागी छन् । नगरपालिकाले अहिलेसम्म नगरभित्रका २५० जना युवाहरुलाई लोकसेवा तयारी कक्षा प्रदान गरेकोमा १४ जनाले खरिदारमा नाम निकालेको छन् ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले कडा मिहिनेतले सफलता हात पर्ने बताए । लोकसेवा सारथि प्रालिका प्रमुख महेश घिमिरेले स्थानीय सरकारसँग सहकार्य गरेर लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको बताए ।

बारिस्ता सीप विकास तालिम सुरू

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत रत्ननगरमा एकमहिने बारिस्ता सीप विकास तालिम सुरू भएको छ । रत्ननगर नगरपालिकाले आयोजना गरेको तालिममा ४० जनाको सहभागिता रहेको छ ।

वडा नं–१० को सभाहलमा भएको यस तालिमको पनि मेयर सापकोटाले उद्घाटन गरेका छन् । बिनाधितो, बिनाव्याज ऋण प्रदान गर्ने उद्देश्यले रत्ननगर नगरपालिकाले मेयरसँग उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

सपना कफी रिसर्च एण्ड ट्रेनिङ सेन्टरको सहजीकरण रहेको तालिममा लोकनाथ शर्मा र सुदीप भट्टराईले ५० वटाभन्दा बढी कफीका बेभरेज बनाउन सिकाउने छन् । वडा नं–१० का वडाध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।