२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीसहित दुई जना घाइते

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, गणेश चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ५२१६ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री गोरखा घर भई हाल रत्ननगर–९ बस्ने ३४ वर्षीय यमबहादुर चेपाङ र मोटरसाइकलपछाडि सवार खैरहनी–८ बस्ने २२ वर्षीया सुप्रिया क्षेत्री घाइते भएका हुन् ।

दुवै घाइतेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल चालक रत्ननगर–३ बस्ने ४९ वर्षीय विक्रम चौधरी जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।